- (आइसीसीसी)ले बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्था आइसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले जानकारी दिए । कार्यक्रम आईसीसीसीको कार्यालय पुतलीसडकमा हुनेछ।
काठमाडौँ क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूका लागि लक्षित गरेर ‘क्यानडा समिट २०२५’ आयोजना हुने भएको छ ।
आगामी जनवरी ९ तारिखका दिन इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी)ले बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्था आइसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले जानकारी दिए । कार्यक्रम आईसीसीसीको कार्यालय पुतलीसडकमा हुनेछ।
कार्यक्रममा सेन्टेनियल कलेज, लेकहेड युनिभर्सिटी, एसएआईटी, दरहम कलेज, सेनेका पोलिटेक्निक र जर्जियन कलेज जस्ता प्रसिद्ध क्यानेडियन संस्थाका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने मौका हुनेछ।
सहभागीहरूले क्यानडाको भिसा प्रक्रियाबारे जानकारी पाउने, विशेषज्ञहरूसँग छलफल गर्ने र आफ्ना शैक्षिक योजनाहरूका लागि व्यक्तिगत मार्गदर्शन प्राप्त गर्ने आइसीसीसीको दाबी छ । समिटले क्यानडा अध्ययनको सपना पूरा गर्नका लागि आवश्यक ज्ञान र सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने आयोजकको भनाइ रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।